बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपममा प्रहरीले प्रतापपुर गाउँपालिका–८ पिपरपातीका ५१ वर्षीय रामकेवल गुप्तालाई साउन ८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन ७ गते बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले साउन ७ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएको इन्स्पेक्टर प्रकाशबहादुर सिंहले बताउनु भयो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इन्स्पेक्टर सिंहले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ७ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।


नारायण पराजुली