बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी

  ०७८ असार २८ गते

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले बाग्लुङ जिल्ला बडिगाढ गाउँपालिका– ५ का २६ वर्षीय विकास आचार्य विरूद्ध असार २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले  असार २४ गते बलात्कार प्रयास गरेको भन्ने सूचनाका आरोपितलाई असार २६ गते गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी गोपालचन्द्र भट्टराईले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २६ गते गुल्मी अस्पताल, तम्घासमा गरिएको छ ।


टोपलाल अर्याल