बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले शिवनाथ गाउँपालिका–४ का २३ वर्षीय रविन्द्रबहादुर चन्दलाई असार १७ गते गिरफ्तार गरेको छ ।
जङ्गल गएकी महिलामाथि असार १३ गते आरोपितले बलात्कार प्रयास गरेपछि जिल्ला प्रहरी कार्यालय, बैतडीमा किटानी जाहेरी दिएको पीडितका आफन्तले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
महिलामाथि बलात्कारको प्रयास गरिएको भन्दै पीडित पक्षले असार १५ गते किटानी जाहेरी दिएपछि आरोपितलाई गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर दर्शन खडकाले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १५ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको इन्स्पेक्टर खडकाले बताउनु भयो ।
नरी बडु
सम्बन्धित समाचारहरू
ऋण खोजेर सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार
चंखेली गाउँपालिका–५ की ३५ वर्षीया तुला तामाङ्गलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । जेठ ५ गते सुत्करी भएकी तामाङलाई तीन दिनदेखि रक्तश्राव भएपछि जेठ ७ गते जिल्ला अस्पताल हुम्लामा माउण्टेन हेलिकप्टरद्धारा…
भलिबल खेल्ने क्रममा विवाद हुँदा कुटपिट, एक जनाको मृत्यु, आरोपित गिरफ्तार
जिल्लाको जुनीचाँदे गाउँपालिका–९ धडगाँउमा जेठ ३ गते भलिबल खेल्ने क्रममा दुई पक्षबिच विवाद भई कुटपिट हुँदा कुटपिटबाट घाइते ३६ वर्षीय रेशमबहादुर खड्काको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यू भएको…
वडाध्यक्षलाई कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी लिन नमानेको आरोप
राजपुर नपा–१ का ४० वर्षीय शेष अमिरुल्लाहलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ६० वर्षीय शेख अबदुल, ५० वर्षीय खैरुल्लाह, ४२ वर्षीय शेख अजित र ४५ वर्षीय शेख मुस्तकलगायत करिब ३०/४०…
हत्या घटनाका आरोपित गिरफ्तार
खार्पुनाथ गाउँपालिका–५ याङचुका ६१ वर्षीय छत्त शाहीलाई स्थानीय तह निर्वाचन मतगणना स्थल नजिक कुटपिट गरी हत्या गरेको घटनाको आरोपमा प्रहरीले जेठ ८ गते नौ जनालाई गिरफ्तार गरेको छ । हत्याको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ्ग गाउँपालिका–५ धिम्लेका २७ वर्षीय टङ्कराज राई(रिदम) लाई जेठ ८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ ८ गते बलात्कार गरी…