बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७८ जेठ २३ गते

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रुन्टिगढी गाउँपालिकाका– ७ का ३६ वर्षीय शेषकान्त पौडेललाई जेठ २१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले जेठ २१ गते इलाका प्रहरी कार्यालय, होलेरीमा उजुरी दिएको इन्स्पेक्टर सन्तोषकुमार केसीले बताउनु भयो । उहाँले घटनाको थप अनुसन्धान भइरहेको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको छ ।


तिलक घर्ती मगर