बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७८ वैशाख १ गते

५६ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा दार्चुला जिल्ला मालिका अर्जून गाउँपालिका– ३ का ४० वर्षीय तारासिं धामीलाई प्रहरीले चैत ३० गते नमोबुद्ध नगरपालिका–७ भकुण्डे बजारबाट गिरफ्तार गरेको छ ।

बलात्कार प्रयासको घटनाबाट घाइते भएकी पीडितको उपचार चैत २६ गतेदेखि काठमाडौँको जोरपाटीस्थित सुस्मा मेमोरियल अस्पतालमा भइरहेको छ ।

घरमा नै चैत २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडितका पतिले जिल्ला प्रहरी कार्यालयमा चैत ३१ गते उजुरी दिनु भएको डिएसपी हरि खतिवडाले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत ३१ गते काठमाडौँको थापाथलीस्थित प्रसुति गृहमा गरिएको छ ।

आरोपितविरुद्ध करणी सम्बन्धी कसुरको दफा २१९ अनुसार जबरजस्ती करणी गर्न नहुने उद्योगको शीर्षकमा चैत ३१ गते मुद्दा दर्ता गरी अनुसन्धान थालिएको डिएसपी खतिवडाले जानकारी दिनु भयो ।


हिरामान तामाङ