बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७३ चैत २ गते

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बाँफिकोट गाउँपालिका-४ का २९ वर्षीय धनवीर विटालुलाई चैत २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले फागुन २० गते बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत १ गते उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अङ्गुर जिसीले बताए । पीडितको स्वास्थ्य परीक्षण चैत १ गते जिल्ला अस्पतालमा भएको प्रहरीले जनाएको छ ।


आदर्श केसी