बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

६६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले हुप्सेकोट गाउँपालिका–२ का ५२ वर्षीय लक्ष्मण कार्कीविरुद्ध माघ १७ गते  जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिएको छ ।

आरोपितले माघ ८ गते पीडित महिलालाई बलात्कारको प्रयास गरेको पीडित पक्षको आरोप छ ।

पीडित महिलाको स्वास्थ्य परिक्षण माघ १७ गते  जिल्ला अस्पताल चितवन भरपुरमा गरिएको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर टिकाराम पोखरेलले बताउनुभयो ।

 

 


तिर्थराज डुम्रे