बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७३ कात्तिक ४ गते

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा भारदह गाविस-५ का २१ वर्षीय दिपककुमार मलाहालाई प्रहरीले कात्तिक ४ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले असोज २५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित युवतीले असोज २९ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् ।

प्रहरीका अनुसार पीडित युवतीको स्वास्थ्य परीक्षण यो समाचार तयार पार्दासम्म गरिएको छैन ।


मनोहरकुमार पोखरेल