बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीय एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले नकटी रायपुर गाविस-८ का ३१ वर्षीय नजिर भनिने मोहम्मद नसिर मियाँलाई कार्तिक १ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाको उजुरीका आधारमा असोज ३० गते जबरजस्ती करणी उद्योग मुद्दा दर्ता गरी आरोपितलाई कार्तिक १ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नारायण भट्टराईले जानकारी दिए ।

पीडित महिलालाई आरोपितले असोज २६ गते बलात्कार प्रयास गरेको आरोपमा असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर भट्टराईले बताए ।

पीडितले असोज २६ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले असोज ३० गते दर्ता गरेको थियो ।


मनोहरकुमार पोखरेल