बलात्कार प्रयास घटनाका आरोपितलाई प्रहरीले कारबाही नगरेको आरोप
आफूमाथि बलात्कार प्रयास गर्ने नाम थाहा नभएका अपरिचित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयले कारबाही गर्न ढिलासुस्ती गरेको भन्दै छाप्रे गाविस-५ की ३३ वर्षीया एक महिलाले ०७३ असोज ६ गते क्षेत्रीय प्रहरी कार्यलय सुर्खेतमा उजुरी दिएकी छन् ।
तालिमका लागि वीरेन्द्रनगर आएकी महिलालाई जुम्लारोडस्थित हाम्रो लेकाली होटलमा कार्यरत २६ वर्षीय कामदारले भदौ २९ गते राति बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी छन् ।
बलात्कार प्रयास घटनाको बारेमा आयोजक संस्था र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउँदा कुनै सुनवाइ नभएपछि क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी दिएको पीडित महिलाले बताइन् । 'यो घटनामा जिल्ला प्रहरी कार्यालय र होटल व्यवसायी मिलेको देखियो ।'-पीडित महिलाले भनिन्-'त्यसैले प्रहरीको माथिल्लो निकायमा उजुरी दिएकी हुँ ।'
क्षेत्रीय प्रहरी कार्यालयमा दिएको उजुरीमा घटना भएको भोलिपल्ट मौखिक र असोज २ गते लिखित निवेदन दिँदा पनि जिल्ला प्रहरी कार्यालयले कारबाहीको कुनै प्रक्रिया अघि नबढाएको उल्लेख छ ।
निवेदनमा आरोपित र आरोपितलाई भगाउने लेकाली होटलका सञ्चालक हरिप्रसाद अधिकारीलाई गिरफ्तार गरेर कारबाही गर्न माग गरिएको छ । 'घटनामा संलग्न व्यक्ति को हुन ? कुन ठाउँमा कस्तो अवस्थामा छन् होटल सञ्चालकलाई राम्रो सँग थाहा छ ।'-उजुरीमा भनिएको छ ।
पीडत महिलालाई होटलका कामदारले भदौ २९ गते राति बलात्कार प्रयास गरेको र १० मिनेटसम्म प्रतिकार गरेको पीडितले बताएकी छन् ।
पीडतका अनुसार प्रहरीलाई खबर गर्नका लागि होटलको काउण्टरमा जाँदा साहुले रोकेका थिए । 'मेरो होटलको काम गर्ने केटा हो, भोलि बिहान उपस्थित गराउँछु, बाहिर हल्ला भएपछि होटलको बदनाम हुन्छ भन्दै होटल सञ्चालकले रोके ।'-पीडितले भनिन् ।
होटल सञ्चालक हरिप्रसाद अधिकारीले एक दिनअघि मात्र नाम ठेगाना थाहा नभएका व्यक्तिलाई काममा राखेको बताए । उनले प्रहरीसँग दुई दिनदेखि काममा रहेको बताएका छन् । प्रहरीले घटनामा संलग्न व्यक्तिको नाम नखुलेको जनाएको छ । होटल सञ्चालक अधिकारीले आफू सुतिरहेको समयमा राति होटलको मूल गेट फोडेर उनी भागेको बताउँदै आएका छन् ।
जिल्ला प्रहरी कार्यलयका निमित्त प्रहरी प्रमुख डीएसपी बहादुरजङ्ग मल्लले उल्टै पीडितलाई मानसिक यातना दिएको पीडितले आरोप लगाएकी छन् ।
घटनामा संलग्न व्यक्तिलाई कारबाहीको मागगर्दै जिल्ला प्रहरी कार्यालय पुगेका पीडित र पीडितका आफन्तहरूलाई डीएसपी मल्लले उल्टै मानसिक यातना दिएको उनीहरूको भनाइ छ । 'दाम-पैसा चोरी भइदिएको भए एक हुन्थ्यो, तपाईलाई केही पनि भएको छैन्, कोठामा जानु मात्र अपराध होइन । इज्जत लुटेको छ । हातपात गरेको छ भने भन्नुहोस् । साथै होटल साहुलाई नेपालको कुन कानुनले पक्राउ गर्न सकिन्छ । वकिल ल्याएर आउनुहोस् । त्यसपछि सल्लाह गरौंला भनी फर्काइदिए ।'-पीडितले बताइन् ।
डीएसपी मल्लले भने घटनाको बारेमा जानकारी आएपनि उचित प्रमाणको अभावमा कारबाहीको प्रक्रिया अघि बढाउन नसकिएको बताए ।
पीडितको निवेदनपछि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई निर्देशन दिइसकिएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
जिल्ला कारागार झापामा एक जना कैदीको मृत्यु
जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका भद्रपुर नगरपालिका-१ का ४० वर्षीय मदन सिलवालको माघ २९ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला अदालतबाट ठगी मुद्दामा कैद सजाय तोकिएपछि…
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…