बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भर्ता गाविस-१ का २८ वर्षीय धोजे विकलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले असोज ५ गते गिरफ्तार गरेको जनाएको छ ।
पीडित महिलालाई आरोपितले असोज ५ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीलाई मौखिक उजुरी गरपछि उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्र खड्काले जानकारी दिए ।
पीडित महिलाले असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयास गरेको आरोपमा लिखित उजुरी दिएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ६ गते जिल्ला अस्पतालमा गरिएको पनि प्रहरीले जनाएको छ ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…