बलात्कार प्रयास घटनाकाआरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा सम्सी गाउँपालिका-२ पर्सा देवाडका ५० वर्षीय समिम मियाँ धोबीविरुद्ध ०८१ भदौ २० गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनुभएको छ ।
भदौ २० गते बिहान घरबाट साइकलमा क्याम्पस जाने क्रममा आराेपितले पीडितलाई धक्का दिई भुइमा लडाइ बलात्कार प्रयास गरेकाे पीडित पक्षले बताउनु भयाे ।
त्यस्तै, आराेपितलाई बाटो हिडिरहेका बटुवाले तत्कालै नियन्त्रणमा लिएर प्रहरीकाे जिम्मा लगाएकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलाल जयसवालले बताउनु भयो । आरोपित एच.आइ.भि संक्रमित रहेको र मानसिक स्थितिपनि ठिक नरहेको डिएसपी जयसवालले जानकारी दिनु भयो । घटना बारे थप अनुसन्धान गरिरहेकाे उहाँले बताउनु भयाे ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २० गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो ।
ममता विश्वकर्मा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…