बलात्कार प्रयास गरेको ठहरमा दुई वर्ष ६ महिना कैदको फैसला
४९ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा थुनामा रहेका मौवाहा गाविस-९ का १८ वर्षीय विनोदकुमार चौधरीलाई जिल्ला अदालतले असोज ६ गते दुई वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश शङ्करबहादुर राईको इजलासले पूपर्क्षका लागि ०७३ वैशाख २१ गतेदेखि राजविराज कारागारमा थुनामा रहेका आरोपितलाई कैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले बताए ।
पीडित महिलालाई ०७२ चैत २५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा चैत २६ गते उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा चैत २६ गते गरिएको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
डेंगु रोगका बिरामी बढ्दै, अस्पतालमा ४० प्रतिशत भन्दा बढी डेंगुका बिरामी
पछिललो समय रुपन्देहीमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । रुपन्देहीका विभिन्न अस्पतालहरूमा ४० प्रतिशत भन्दा बढी डेंगु रोगका बिरामी रहेको र सचेतना कार्यक्रम सञ्चालनका लागि बजेट अभाव भएको जिल्ला…
बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा बाटोमै सुत्केरी
सुनकोशी गाउँपालिका–९ कटुञ्जेकी १७ वर्षीया लालीमाया (खत्री) रापचाले कटुञ्जे स्वास्थ्य चौकीको बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा साउन २२ गते दिउँसो बाटोमै नवजात शिशुलाई जन्म दिनु भएको छ । साउन २१…
पत्नी र सासूलाई जलाएर हत्या प्रयासको आरोप, आरोपित फरार !
भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय शङ्कर सदाले साउन २१ गते राति जलाएर हत्याको प्रयास गरेको…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वेलबारी नगरपालिका–२ का २५ वर्षीय विजय तोलाङ्गीविरूद्ध साउन २१ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितले ०७९ साउन १८ गते केरावारी गाउँपालिका–२…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…