बलात्कार प्रयास गरेको ठहर गर्दै पाँच वर्षकैदको फैसला

चार वर्षीया बालिका बलात्कारको प्रयास गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका खाँबु-६ का ४८ वर्षीय विरबहादुर मगरलाई जिल्ला अदालतले भदौ २० गते पाँच वर्षकैदको फैसला सुनाएको छ ।

न्यायाधीश राजकुमार कोइरालाको इजालासले मगरलाई यस्तो आदेश दिएको हो । मगरले ०७१ चैत १६ गते बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितका अभिभावकले चैत १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित बालिकाको सोही दिन जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । चैत १७ गते गिरफ्तारीमा परेका मगरलाई अदालतले ०७२ वैशाख १० गते पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।


भरत खड्का