बलात्कार प्रयास गरेको कसुरमा तीन वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको कसुरमा सूर्योदय नगरपालिका-७ का ३८ वर्षीय सुजन बुढाथोकी फरार रहेको चार वर्षपछि जिल्ला अदालतले जेठ ८ गते तीन वर्षकैद गर्ने फैसला गरेको छ ।

न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले बुढाथोकीलाई जबरजस्तीकरणी महलको १ र ५ बमोजिमको कसुर ठहर गर्दै सोही महलको ३(३) नम्बर बमोजिम हुने ६ वर्षकैदको आधा कैद अर्थात तीन वर्षकैद सजाय सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितले ०७१ भदौ २७ गते १४ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरी फरार रहेको अदालतले जनाएको छ ।


कोकिला ढकाल