बलात्कार प्रयास गरेको कसुरमा दुई वर्षकैदको फैसला

'जबरजस्ती करणी उद्योग'मा पुपर्क्षका लागि थुनामा रहेका इलाम नगरपालिका-५ का २८ वर्षीय प्रविण लिम्बूलाई जिल्ला अदालतले पुस ७ गते दुई वर्षकैद सजाय सुनाएको छ ।

२५ वर्षीया महिलालाई जबरजस्ती करणी ऐनको ३ (५) नम्बर बमोजिम उद्योग कसुर ठहर गर्दै जिल्ला न्यायाधीश इन्द्रबहादुर चंटेङ्न्लीको इजलाशले जबरजस्ती करणी ऐनको महलको ५ नम्बर बमोजिम आधा सजाय हुने गरी दुई वर्षकैद सजाय सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार ढके उपनाम रहेका लिम्बूले ०७४ भदौ ५ गते पीडित महिलालाई जबरजस्तीकरणी सम्बन्धी उद्योग गरेका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ६ गते जिल्ला अस्पतालमा गरिएको थियो ।


कोकिला ढकाल