बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

  ०८१ असार ३१ गते

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले बारा जिल्लाको कलैया उपमहानगरपालिका–१२ का २७ वर्षीय विजयकुमार गुप्तालाई तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश दिलप्रकाश सापकोटाको ०८१ असार २८ गतेको इजलासले कसुर ठहर गर्दै तीन वर्ष कैद सजाय र ३० हजार रुपियाँ जरिबाना भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार सुमन पाण्डेले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडित महिलालाई आरोपितले ०८० माघ ८ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको सोही उजुरीको आधारमा आरोपितलाई माघ २१ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ २१ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भएको थियो ।


रीमा बिसी