बलात्कार प्रयास गरेको कसुरमा चार वर्ष कैद सजाय फैसला
अपाङ्गता भएकी ५४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश मदनबहादुर धामीको इजलासले ०८० असार २४ गते विदुर नगरपालिका-८ का ४८ वर्षीय शेरबहादुर खड्कालाई चार वर्ष कैद सजाय फैसला सुनाएको छ ।
पीडितलाई १ लाख ५० हजार रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपुर्ति र ६ हजार रुपियाँ पीडित राहत कोषमा भराउन फैसला समेत भएको अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।
कसुरदार खड्काले ०७९ मङ्सिर २४ गते पीडित महिलालाई बलात्कार प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २८ गते उजुरी दर्ता भएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते त्रिशूली अस्पतालमा भएको थियो ।
घटनामा संलग्न खड्कालाई जिल्ला अदालतले ०७९ पुस २१ गते पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश उपनिर्वाचन ०८१ः पाँच ओटा स्थानीय तह मध्ये कांग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी
सुदूरपश्चिम प्रदेशका पाँच ओटा स्थानीय तहमा ०८१ मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छ । पाँच ओटा स्थानीय तहमध्ये नेपाली काग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…