बलात्कार प्रयास गरेको कसुरमा ३ वर्ष ६ महिना कैद सजाय

  ०७९ असोज ६ गते

२७ वर्षीया महिलालाई बालात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले बागलुङ नगरपालिका–२ का ४९ वर्षीय रमाकान्त सापकोटालाई ३ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको ०७९ असोज ५ गतेको इजालासले सजाय निर्धारण गरेको श्रेष्तेदार सुर्यप्रसाद भण्डारीले बताउनु भयो । कैद सजायसँगै पीडकले पीडितलाई ५० हजार क्षतिपुर्ति दिनुपर्ने छ ।

पीडित महिलालाई उपचार गर्ने बहानामा ०७९ चैत १४ गते आफ्नै स्वास्थ्य संस्थामा बलात्कार गरेको भन्दै महिलाले चैत १५ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएकी थिइन् ।

महिलाको चैत १५ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको थियो ।


सिर्जना पन्त