बलात्कार प्रयास गरेको कसुरमा ४ वर्ष ६ महिना कैद सजायको फैसला

  ०७८ मङ्सिर १ गते

५२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले पुतलीबजार नगरपालिका– ९ का २१ वर्षीय विश्वास नेपालीलाई ४ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश सूर्यबहादुर थापाको कात्तिक ३० गतेको इजलासले कसुर ठहर गर्दै ४ वर्ष ६ महिना कैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालत स्याङजाका श्रेस्तेदार विश्वप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले ०७७ चैत ६ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध वडा प्रहरी कार्यालय वालिङमा चैत ७ गते मौखिक उजुरी र चैत ८ गते लिखित उजुरी दिएका थिए  ।

पीडित पक्षको मौखिक उजुरीकै आधारमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी जिल्ला अदालत स्याङ्जामा जबरजस्तीकरणी उद्योग शीर्षक अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।


तिलकुमारी थापा