बलात्कार प्रयास गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

  ०७८ असार २७ गते

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले धौलागिरी गाउँपालिका–७ सिबाङका १९ वर्षीय उपेन भन्ने धनप्रसाद गुरुङलाई चार वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत म्याग्दीका न्यायाधीश तेजनारायण पौडेलको असार २४ गतेको इजालसले कसुर ठहर गर्दै आरोपितलाई चार वर्ष कैद सजाय र ३० हजार रुपियाँ जरिवानाको फैसला गरेको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता प्रकाश कोईरालाले बताउनुभयो ।

पीडितलाई आरोपितले ०७७ साउन २९ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध साउन ३० गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी उनीविरुद्धसरकारी वकिल कार्यालय म्याग्दीले जिल्ला अदालतमा ०७७ भदौ २२ गते जबरजस्तीकरणी उद्योग शीर्षकमा मुद्दा दर्ता गराएको थियो ।


अमृतप्रसाद पौडेल