बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

  ०७८ वैशाख १६ गते

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले जैमिनी नगरपालिका–५ विनामारेका ३२ वर्षीय लक्ष्मण भन्ने जगतबहादुर थापा क्षेत्रीलाई तीन वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेको वैशाख १६ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई तीन वर्ष कैद सजाय र ५० हजार क्षतिपुर्तीको साथै ८ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले ०७७ जेठ २९ गते डर धम्की देखाएर बलात्कारको प्रयास गरेको भन्दै पीडितले आरोपितविरुद्ध जेठ ३२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएकी थिइन ।

पीडितको उजुरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी उनीविरुद्ध ०७७ असार २३ गते जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत बागलुङमा जबरजस्तीकरणी उद्योग शीर्षकमा मुद्धा दर्ता गरेको थियो ।

आरोपित जिल्ला अदालत बागलुङको आदेशले असार २४ गतेबाट पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा रहेको सूचना अधिकारी भण्डारीले बताउनुभयो ।


सिर्जना पन्त