बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला
२० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भुतही गाविस-८ का ५० वर्षीय रामचन्द्र प्रमाणीलाई जिल्ला अदालतले भदौ ६ गते २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश विनोदकुमार गौतमको इजलाशले उक्त पैसला सुनाएको अदालतका श्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
पीडित महिलालाई रामचन्द्र प्रमाणीले बलात्कार प्रयास गरेको र श्रेष्ठका २० वर्षीय छोरा जितेन्द्र प्रमाणीले बलात्कार गरेको आरोप लगाउँदै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत वैशाख १४ गते उजुरी दिएकी थिइन् ।
प्रहरीले वैशाख १४ गते उजुरी दर्ता गरी सोही दिन रामचन्द्रलाई घरबाट गिरफ्तार गरेको थियो भने अर्का आरोपित जितेन्द्र हालसम्म फरार छन् ।
पीडितको महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा वैशाख १५ गते गरिएको थियो ।
जिल्ला न्यायाधीश गौतमकै इजलाशले आरोपित रामचन्द्र गत जेठ ९ गतेदेखि पूपर्क्षका लागि राजविराज कारागारमा थुनामा थिए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…