बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष कैदको सजाय

२० वर्षीया बहिनीलाई बलात्कार प्रयास गरेको ठहर गर्दै जिल्ला अदालत पाल्पाले ३० वर्षीय दाजुलाई तीन वर्षको कैद सजाय सुनाएको छ ।

न्यायाधीश शङ्करराज बरालको इजलासले जेठ २१ गते सो फैसला सुनाएको जिल्ला अदालत पाल्पाका श्रेस्तेदार सुवर्ण खनालले बताए ।

पीडित युवतीलाई आरोपितले ०७४ चैत १५ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले चैत १६ गते प्रहरीमा उजुरी दर्ता गराएको थियो ।

उजुरी लगत्तै आरोपितलाई चैत १६ गते नै प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित युवतीको स्वास्थ परीक्षण चैत १६ गते जिल्ला अस्पतालमा गरिएको थियो ।


यज्ञमूर्ति तिमिल्सिना