बलात्कार प्रयास कसुरमा ३ वर्ष ६ महिना कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार प्रयास कसुर ठहर गर्दै जिल्ला अदालतले सरावल गाउँपालिका– ४ का  २० वर्षीय अनबर खाँलाई असोज १९ गते ३ वर्ष ६ महिना कैदको फैसला गरेको जिल्ला न्यायधिवक्ता भीमप्रसाद भुर्तेलले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७६ असोज ५ गते  बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले असोज  ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोही दिन आरोपितलाई गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ६ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा गरिएको थियो ।


नारायण पराजुली