बलात्कार प्रयास कसुरमा ३ वर्ष ६ महिना कैद

  ०८० असार २२ गते

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले गोलबजार नगरपालिका–६ का २८ वर्षीय शक्ति भन्ने रमेश कुमार यादवलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला असार २१ गते गरेको छ ।

जिल्ला अदालतका न्याधीश लिलाराज अधिकारीको एकल इजलासले सो फैसला गरेको हो । आरोपितले पटक पटक कसुर गरेको ठहर गर्दै पटके कसुरमा थप २ वर्ष कैद र ५० हजार क्षतीपुर्तीको समेत फैसला भएको हो ।

आरोपितले महिलालाई ०७९ चैत १३ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा चैत १५ गते उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा चैत १५ गते भएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारले आरोपितलाई चैत १५ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित वैशाख १३ गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।


दुर्गा परियार