बलात्कार प्रयास कसुरमा तीन वर्ष कैदको फैसला
२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले थाक्रे गाउँपालिका- का २० वर्षीय पुरुषोत्तम रिजाललाई ०८० फागुन ३० गते तीन वर्ष कैदको फैसला गरेको छ ।
पीडितलाई अरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय ०७३ भदौ २४ गते उजुरी दिएका थिए । पीडितको सोही दिन स्वास्थ्य परीक्षण धादिङ अस्पतालमा गरिएको थियो ।
घटनापछि फरार भएका कसुरदार रिजाललाई तीन वर्ष कैद र ५१ हजार रुपियाँ जरिबाना गर्न जिल्ला न्याधीश गोपालप्रसाद बास्तोलाको इजलासले फैसला गरेको अदालतका स्रस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार मुद्दा दर्ता गर्दा जबरजस्ती करणी अन्तरगत भएको र फैसला गर्दा जबरजस्ती करणी उद्योग मा भएको हो ।
सबै किसिमका मुद्दा दुई वर्ष भित्र फैसला गर्नुपर्ने प्रावधान भएपनि अरोपित फरार भएका कारण सात वर्षपछि मुद्दाको किनारा लागेको हो ।
कसुरदारबाट असुल गरिएको जरिबाना रकमबाट पीडितलाई ५१ हजार रुपियाँ क्षतिपूर्ति दिन समेत फैसलामा उलेख छ ।
नबिनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…