बलात्कार प्रयासका घटनाका आरोपित गिरफ्तार

  ०७८ चैत २२ गते

३० वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका –४ का २६  वर्षीय रिदम लिम्बूलाई चैत २२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले चैत २२ गते बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले आरोतिविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपिलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर कोमल ठाकुरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २२ गते गरिएको छ ।


सुरेश खत्री