बलात्कार प्रयासका घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका– ३ का २२ वर्षीय जितेन्द्र लोनीयालाई माघ २७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २६ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपित गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर स्वरुप शर्माले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २६ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको डाक्टर मोहम्मद नुरुल होदाले बताउनु भयो ।


नारायण पराजुली