बलात्कार पीडित महिलालाई इन्सेकको सहयोग
१९ वर्षीया बलात्कार पीडित महिलालाई कानुनी प्रक्रियामा जानकालागि इन्सेक लुम्बिनी प्रदेश कार्यालयले फागुन १ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रकृयामा जान समस्या परेकी महिलाले बलात्कारका कारण रहेको गर्भबाट शिशुलाई जन्म दिनु भएको छ ।
पीडितलाई कानुनी प्रकृयामा जानका लागि आवतजावत गर्न र कानुनी शुल्कमा समस्यामा परेको भन्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले आवस्यक सहयोगका लागि इन्सेकमा माघ २९ गते निवेदन दिएको थियो ।
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले प्रहरीको रोहवरमा सो रकम अस्पतालमै पुगेर फागुन १ गते पीडितलाई हस्तान्तरण गर्नुभएको थियो ।
पीडितलाई देवदह नपा –१ विर्ताका २३ वर्षीय इश्ताक अलिफकिरले विवाह गर्ने प्रलोभन देखाएर ०८० वैशाख २ गते बलात्कार गरी फरार रहेको र बलात्कारबाट आफू गर्भवती भएको भन्दै ०८० असोज २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
प्रहरीले आरोपितलाई ०८० कात्तिक ४ गते गाउँमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको थियो ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…