बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग

  ०७९ मङ्सिर ९ गते

१५ वर्षीया बलात्कार पीडित बालिकालाई इन्सेकले मङ्सिर ७ गते आर्थिक सहयोग गरेको छ ।  घटना पछि बालिले  विद्यालय जान छाडेकाले विद्यालय भर्नाका लागि इन्सेकले सहयोग गरेको हो ।

आफन्तबाट ०७९ भदौमा  पीडित भएकी बालिकाको आर्थिक अवस्था एकदमै कमजोर भएको भन्दै पीडीतलाई सहयोग गरिदिन आग्रह गर्दै मानव अधिकार समूह बाणगंगाले कात्तिक १९ गते इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधिलाई सहयोगका लागि सिफारिस गरेको थियो ।

मानव अधिकार समूह बाणगंगाको सिफारिसको आधारमा पीडित बालिकालाई इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले बाणगंगा नगरपालिका– २ का वडा अध्यक्ष र मानव अधिकार समूहका पदाधिकारीहरूको रोहवरमा पीडितलाई १० हजार रूपियाँ हस्तान्तरण गर्नुभएको हो ।

बाणगंगा नगरपालिका–२ का वडा अध्यक्ष बिष्णुप्रसाद पौडेलले वास्तविक पीडितको अवस्था र समस्या पहिचान गरी बालिकालाई आर्थिक सहयोग गरेकोमा सिफारिस गर्ने मानव अधिकार समूह बाणगंगा र आर्थिक सहयोग गर्ने इन्सेकलाई धन्यवाद दिनुभयो ।


पार्वती आचार्य