बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
चार वर्षीया बलात्कार पीडित बालिकाको परिवारलाई इन्सेकले भदौ १५ गते १० हजार रुपियाँ सहयोग गरेको छ । पीडितलाई न्यायिक निकायमा जान सहज होस् भन्ने उद्देश्यले पीडित परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
पीडितलाई ०७८ साउन २८ गते ३७ वर्षीय नातेदारले बलात्कार गरेको भन्दै पीडितपक्षले साउन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई साउन २९ गते घरबाट गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण साउन २९ गते गुल्मी अस्पताल तम्घासमा गरिएको थियो ।
पीडित बालिकाको घर सदरमुकाम तम्घासबाट टाढा पर्ने र आर्थिक हिसाबले पनि विपन्न परिवार भएकाले प्रहरी कार्यालय र अदालतसम्म कानुनी प्रक्रिया पुरा गर्न समेत समस्या परेको भन्दै पीडितकी आमाले साउन ३० गते इन्सेक गल्मी जिल्ला प्रतिनिधिलाई निवेदन दिनु भएको थियो ।
यसैगरी पीडित परिवारलाई सहयोग गरी दिन भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीले साउन ३२ गते इन्सेकमा निवेदन दिएको थियो ।
इन्सेक जिल्ला प्रतिनिधि टोपलाल अर्यालले जिल्ला प्रहरी कार्यालयमा पीडित र आमालाई भेटेर सहयोग रकम प्रदान गर्नु भएको हो । पीडितकी आमाले न्याय खोज्न पनि आउने उपाय थिएन इन्सेकले गरेको सहयोगले न्यायीक प्रक्रियामा जान सहयोग मिलेको बताउनु भयो ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…
रोल्पा कारागारमा एक जना कैदीद्वारा झुण्डिएर आत्महत्या
रोल्पा कारागारमा अपराधिक लाभ मुद्दामा कैद भुक्तान गरी रहेका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयबिक्रम शाह जेठ ४ गते झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जेठ…