बलात्कार पीडित बालिकाको असुरक्षित गर्भपतन, आरोपित गिरफ्तार

  ०८० फागुन १६ गते

बलात्कार पीडित १५ वर्षीया बालिकाको असुरक्षित गर्भपतन गराएको आरोपमा प्रहरीले गौरीगङ्गा नगरपालिका–१ गोप्काकी ३० वर्षीया दुर्गा बमलाई फागुन १५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई माघ २ गते गौरीगङ्गा नगरपालिका–१ गोप्काका १८ वर्षीय श्यामबहादुर बमले बलात्कार गरेपछि पीडित बालिकाको गर्भ रहन गएकोमा आरोपितकी भाउजु दुर्गा बमले घटनालाई लुकाउनका निम्ति बालिकालाई विवाह गर्न जात मिल्दैन भनी औषधी खुवाएर फागुन ४ गते गर्भपतन गराएको पीडित पक्षको आरोप छ ।

गर्भपतन गराएको समयमा बालिकालाई हिडडुल गर्न समस्या भएको भएपनि स्वास्थ्य उपचार कहि नगरिएको र हाल बालिकाको स्वास्थ्य अवस्था समान्य रहेको पीडित पक्षले बताउनु भयो l

बलात्कार घटनाबारे जानकारी पाएपछि पीडित पक्षले फागुन ७ गते ईलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिएको भएपनि आरोपित फरार भएको ईलाका प्रहरी कार्यालय, मालाखेतीका डिएसपी गणेश बरालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।


मैनामोती चौधरी