बलात्कार पीडितलाई इन्सेकको सहयाेग
४० वर्षीया बलात्कार पीडित महिलालाई चैत ११ गते इन्सेक लुम्बिनी प्रदेश कायालय नेपालगञ्जले कानुनी प्रक्रियाका जानका लागि ८ हजार रूपियाँ आर्थिक सहयोग गरेको छ ।
पीडितले मुगु जिल्ला, खत्याड गाउँपालिका –९ नखरजी घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका –४ वसपार्क बस्ने ४० वर्षीय शैलेन्द्र शाही विरूद्ध भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
प्रहरीले आरोपितलाई पुस १ गते गिरफ्तार गर्यो । सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा पुस १७ गते जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता भयो ।
उक्त मुद्दामा कानुनी तथा आर्थिक सहयोगका लागि दलित महिला संघ बाँकेको सिफारिसमा सहित कात्तिक १८ गते पीडितले इन्सेक लुम्बिनी प्रदेश कार्यालयमा निवेदन दिनु भएकाे थियो ।
मानव अधिकार सहायता कक्षको चैत ७ गतेको बैठकले पीडितलाई सहयोग गर्ने निर्णय गरेको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले बताउनु भयो ।
लक्ष्मी थारू
सम्बन्धित समाचारहरू
महिला हत्या घटनाका आरोपित गिरफ्तार
चितवनको राप्ती नगरपालिका-७ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ भगवती बहाल बस्ने २६ वर्षीया जेनिशा तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१० का ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले ०८०…
अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी हत्या
अज्ञात पक्षद्वारा प्रतापपुर गाउँपालिका– ८, बेरिहवाका ५१ वर्षीय तिलकराज भेडियार र उनकी पत्नी ५० वर्षीया निर्मला भेडियारको घर नजिकै रहेको भैसीगोठमा सुतिरहेको अवस्थामा जेठ २३ गते धारिलो हतियार प्रहार गरी…
बालविवाह कसुरमा तीन वर्ष कैद
१४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई जेठ २४ गते तीन वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले आरोपितले…
मानव बेचबिखन कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३० वर्षीया सृया भनिने शान्ति थापा मगरलाई १५ वर्ष कैदको फैसला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१३ का ३६ वर्षीय शुरेश कुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले जेठ २१ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ ८ गते बलात्कार…