बलात्कार पीडितको न्यायका लागि बालुवाटार अगाडि धर्ना
सौन्दर्य प्रतियोगिताका आयोजकबाट आठ वर्ष अगाडि बलात्कृत भएकी एक युवतीको न्यायका लागि युवा अधिकारकर्मीले ०७९ जेठ ६ गते प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका छन् ।
युवाहरूले Occupy Baluwatar (अकुपाई बालुवाटार) को नाममा सामाजिक सञ्जालमा अभियान चलाउँदै बालुवाटार अगाडि भेला भएर धर्ना दिएका हुन् ।
धर्नामा सहभागी हरूले बलात्कारमा संलग्न दोषीलाई सजाय दिन, बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउन, बलात्कार र यौनजन्य हिंसासम्बन्धी मुद्दामा फास्ट ट्रयाकबाट सुनुवाइ गर्न माग गरेका छन् ।
केही दिन अगाडि एक पीडित युवतीले सुन्दरी प्रतियोगिताका एक आयोजकले आठ वर्ष अगाडि नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा पेय पदार्थमा खुवाएर अर्धबेहोसी बनाई बलात्कार गरेको दाबी गर्दै सामाजिक सञ्जाल टिकटकका भिडियोबाट सार्वजनिक गरेकी थिइन् ।
यसैबीच प्रतिनिधिसभाको वैशाख ६ गते बसेको बैठकमा यौनहिंसाका आरोपितलाई कानुनी दायरामा ल्याउन सरकारलाई सभामुखले रुलिङ गर्नुभएको छ ।
प्रतिनिधिसभाको वैशाख ६ गते बसेको बैठकमा संसद गगन थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार गरिएको घटना सार्वजनिक भएको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग माग गरेका थिए ।
सभामुख सापकोटाले उक्त विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएको हो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
बुढीगंगा नगरपालिकामा निर्वाचन सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो !
गत वैशाख ३० गते स्थगित गरिएको बुढिगंगा नगरपालिको निर्वाचन कडा सुरक्षाकाबिच असार २३ गते सम्पन्न भएको छ । विहान ७ बजेदेखिे नगरपालिकाका १० ओटा वडामा सुरु भएकोे मतदान कार्य निर्धारित…
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…