बलात्कार पछि गर्भपतन गराएको कसुरमा १० वर्ष कैद सजाय
१६ वर्षीया बालिकालाई बलात्कार र गर्भपतन गराएको कसुरमा व्यास नगरपालिका–९ अँधेरी भन्ज्याङका २६ वर्षीय किसान कुमाललाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधिश कोमलप्रसाद आचार्यको जेठ ११ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई १० वर्षको कैद सजाय फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनु भयो ।
आरोपित कुमालले पीडितलाई २०७८ र्काित्तक २८ गते बलात्कार गरेको र त्यसपछि २०७८ पुस २३ गते औषधी खुवाएर गर्भपतन गराएको आरोपमा पीडित परिवारले पुस २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले ०७८ पुस २६ गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७८ पुस २४ गते दमौली अस्पतालमा गरिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले ०७८ माघ २१ गते कुमालको विरूद्धमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा आरोपितलाई अदालतको आदेशमा माघ २२ गतेदेखी पुर्पक्षकोलागि थुनामा राखिएको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल
नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले फिर्ता गरेको छ । इन्सेक अनलाइनमा असोज १० गते खाद्य व्यवस्था…
स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य
जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् । पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको परीक्षण गर्दा पानीमा कोलिफम (हानिकारक कीटाणु) भेटिएको भए पनि लामो…
आवश्यक कानुनका विषयमा संसदमा आवाज उठाउने: प्रमुख सचेतक विष्ट
कर्णाली प्रदेश सभामा सैद्धान्तिक छलफल हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका विषयमा बोल्ने नेपाली काङ्ग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक क्षेत्र…
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…