बलात्कार तथा मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई विवाह गर्ने भनी पोखरा र भैरहवाका होटलमा राखी बलात्कार गरेर अलपत्र पारी भाग्न खोज्दै गर्दा प्रहरीले चैत ९ गते बेलहिया नाकाबाट जिल्ला महाराजगञ्ज थाना कप्तानगंज ग्राम हसुर चौराहा भारतका २६ वर्षीय इमरान खानलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पोखरामा दुई दिन राखी बलात्कार गरेको र चैत ६ गते पोखराबाट घरमा लैजान्छु भनी लिएर भैरहवाको एक होटलमा राखी बलात्कार गरी चैत ९ गते बालिकालाई अलपत्र छोडी भाग्दै गर्दा माईती नेपालको सहयोगमा प्रहरीले बालिकाको उद्धार गरी आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।
आरोपितविरूद्ध चैत ९ गते नै बलात्कार तथा मानव बेचविखन तथा ओसार पसारसम्बन्धी उजुरी दर्ता गरी कारवाही अगाडी बढाइएको प्रहरीले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ९ गते नै भिम अस्पताल भैरहवामा गरिएको छ ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
एम्बुलेन्स चालकमाथि हातपात
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि हातपात गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते हातपात गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी…
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…