बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता

  ०८१ माघ ११ गते

७२ वर्षीया महिलालाई ७१ वर्षीय पुरुषले बलात्कार गरेको भन्दै पीडित पक्षले दिएको उजुरी माघ १० गते जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ ।

पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको आरोप छ । आरोपित फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशङ्कर यादवले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०८१ माघ ९ गते चौतारा अस्पतालमा गरिएको छ ।


नातिबावु धिताल