बलात्कार घटना रूपियाँ लिएर मिलापत्र गराएको आरोपमा सात जना गिरफ्तार
बलात्कार घटनामा १८ लाख रूपियाँ लिएर मिलापत्र गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका –११ का ५३ वर्षीय पवित्रा ढकाल, सोही ठाउँकी ३२ वर्षीया माया हमाल, ३५ वर्षीया सञ्जना थारू, कोहलपुर नगरपालिका –१२ का ३२ वर्षीय विजय पोखरेललाई असार १७ गते गिरफ्तार गरेको छ ।
यसैगरी, प्रहरीले पीडितका बुवा ४२ वर्षीय, आमा ४० वर्षीया र कोहलपुर नगरपालिका –११ की ४० वर्षीया शोभा चौधरीलाई असार १८ गते घरबाट गिरफ्तार गरेको र थप चार जना आरोपितको पक्राउ पुर्जी जारी भएको इलाका प्रहरी कार्यालयका डिएपसपी सुन्दर तिवारीले बताउनु भयो ।
आरोपित पक्षले पीडितको घरमा गएर १८ लाख रूपियाँ दिएर मिलापत्र गर्न धम्की दिएको र पीडितलाई चित्त नबुझेपछि इलाका प्रहरी कार्यालय, कोहलपुरमा असार १७ गते उजुरी दिएको डिएसपी तिवारीले बताउनु भयो ।
१८ वर्षीया युवतीलाई ०८० जेठ ६ गते बलात्कार गरेको आरोपमा कोहलपुर नगरपालिका –२ का २० वर्षीय अभि थारू विरूद्ध पीडित पक्षले जेठ ३२ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई जेठ ३१ गते घरबाट गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण जेठ ३२ गते भेरी अस्पतालमा गरिएको थियो ।
लक्ष्मी थारू
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…