बलात्कार घटना आरोपित गिरफ्तार

   ०७६ पुस १९ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला झापा गौरादह नगरपालिका–७ का २१ वर्षीय बिवेक गहतराजलाई पुस १९ गते गिरफ्तार गरेको छ ।

म्याङलुङ नगरपालिका–१ स्थित आफन्तको घरमा गएको बेला आरोपितले पुस १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ पुस १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी नविनकिशोर प्रधानले बताउनुभयो

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १९ गते गरिएको छ ।

 

 

 

 


भगिश्वर लिम्बू