बलात्कार घटनामा मिलापत्रको प्रयास, आरोपितविरूद्ध प्रहरीमा उजुरी
नौ वर्षीया नातिनीलाई बलात्कार गरेको घटनामा मिलापत्रको प्रयास भएपछि गढी गाउँपालिका–५ का स्थानीयले ५५ वर्षीय आरोपितविरूद्ध प्रहरीमा मौखिक उजुरी गरेका छन् ।
पीडित बालिकालाई आरोपितले ०८० जेठ ४ गते बलात्कार गरेको घटनामा पीडित पक्ष र आरोपितबिच जेठ १० गते पञ्चायती बसि मिलापत्र गरेको विषयमा स्थानीय युवाहरूले प्रहरीमा मौखिम उजुरी गरेका थिए ।
पीडित परिवारलाई ३ लाख रुपियाँ र आरोपितले कान समातेर उठवस गर्ने निर्णय पञ्चायतीले गरेपछि स्थानीय युवाहरूले प्रहरीमा खबर दिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर बुद्धि चौलागाईँले बताउनु भयो ।
स्थानीयले दिएको सूचनाका आधारमा प्रहरी पञ्चायत बसेको स्थानमा पुग्दा आरोपित फरार भइसकेको र खोजी भइरहेको इन्स्पेक्टर चौलागाईँले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १० गते गरिएको चिकित्सक भूमि राजधामीले बताउनु भएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
महिला हत्या घटनाका आरोपित गिरफ्तार
चितवनको राप्ती नगरपालिका-७ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ भगवती बहाल बस्ने २६ वर्षीया जेनिशा तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१० का ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले ०८०…
अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी हत्या
अज्ञात पक्षद्वारा प्रतापपुर गाउँपालिका– ८, बेरिहवाका ५१ वर्षीय तिलकराज भेडियार र उनकी पत्नी ५० वर्षीया निर्मला भेडियारको घर नजिकै रहेको भैसीगोठमा सुतिरहेको अवस्थामा जेठ २३ गते धारिलो हतियार प्रहार गरी…
बालविवाह कसुरमा तीन वर्ष कैद
१४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई जेठ २४ गते तीन वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले आरोपितले…
मानव बेचबिखन कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३० वर्षीया सृया भनिने शान्ति थापा मगरलाई १५ वर्ष कैदको फैसला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१३ का ३६ वर्षीय शुरेश कुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले जेठ २१ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ ८ गते बलात्कार…