बलात्कार घटनामा बयान बदलेको भन्दै बालिकालाई ५ हजार रुपियाँ जरिवाना

आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमार्फत अदालत पुर्‍याएको एक घटनाका निवेदकले बयान बदलेको आरोपमा जिल्ला अदालतले ५ हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश आत्मदेव जोशीको इजलासले चैत १० गते उक्त फैसला सुनाएको हो । आठविसकोट नगरपालिका–१० झिन्चौर निवासी २० वर्षीय विकास भनिने मनविर मल्ललाई सफाई दिँदै निवेदक बालिकामाथि जरिवानाको सजाय तोकिएको हो ।

१६ वर्षीया एक बालिकाले ०७५ माघ २२ गते राति घरमा सुतिरहेको बेलामा आरोपित आएर बलात्कार गरेको भन्दै माघ २३ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरीपछि प्रहरीले सोही दिन आरोपितलाई गिरफ्तार गरी माघ २४ गते अदालतमा मुद्दा दर्ता गरेकोमा अदालतमा बयान फेरेर सहमतिमा शारीरिक सम्पर्क भएको भन्दै बयान फेरेपछि अभियोग दावी नपुग्ने ठहर गर्दै उक्त जरिवाना सहितको सजाय तोकिएको रुकुम जिल्ला अदालतका श्रेष्तेदार शिवहरी सुवेदीले बताए ।


मनिषा केसी