बलात्कार घटनामा चार वर्ष नौ महिना सजाय सुनाइका फरार अभियुत्त गिरफ्तार

  ०८० कात्तिक २४ गते

बलात्कार मुद्दामा फरार रहेका गण्डकी गाउँपालिका–८ का ३५ वर्षीय महेन्द्र श्रेष्ठलाई प्रहरीले काक्तिक २३ गते गिरफ्तार गरेको छ ।

१५ वर्षीया बालिकालाई ०७० माघ ६ गते बलात्कार गरेको भन्दै श्रेष्ठ विरुद्ध बलात्कार मुद्दा दर्ता भएको थियो । गोरखा अदालतले २०७४ वैशाख १९ गते चार वर्ष नौ महिना १५ दिन कैद फैसला सुनाएको थियो । त्यसयता श्रेष्ठ फरार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गोरखा अदालतबाट कैद र जरिवाना तोकिइ फरार रहेको अभियुत्त पक्राउ गर्नका लागि फैसला कार्यान्वयन विशेष टोली गठन गरि परिचालन गरिएकोमा कात्तिक २३ गते घ्याल्चोक प्रहरी चौकिको टोलीलले श्रेष्ठलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कात्तिक २३ गते गिरफ्तार गरिएको श्रेष्ठलाई कात्तिक २४ गते गोरखा अदालत पेश गरिएको थियो । अदालते कात्तिक २४ गते नै कैद भुक्तानका लागि गोरखा कारागार पठाएको छ ।


हरिराम उप्रेती