बलात्कार घटनाकाे कसुरमा सात वर्ष कैदको फैसला

  ०७८ मङ्सिर ६ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ठहर गर्दै जिल्ला अदालतले शान्तिनगर गाउँपालिका –का २६ वर्षीय विवश दर्लामीलाई सात वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले मङसिर ६ गते दर्लामीलाई सात वर्ष कैद, पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउने र अदालतको राहत कोषमा ४५ हजार रुपियाँ जम्मा गर्ने फैसला गरेको श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले  ०७७ साउन १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण साउन १७ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको थियो ।

 


जयनारायण पुन