बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१४ वर्षीया बालिकालाई बलात्कार गरेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको ०८१ भदौ १८ गतेको इजलासले पाँचखपन नगरपालिका-१ का ३७ वर्षीय रोशन लाखे विरूद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको हो ।
बालिकालाई ०७९ चैत १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले रोशन लाखेविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०७९ चैत २१ गते उजुरी दिएको थियो ।
प्रहरीले जिल्ला अदालतमा रोशन लाखे विरूद्ध ०८० चैत १३ गते बलात्कार शीर्षकमा उजुरी दर्ता गरेको थियो ।
जिल्ला अदालतमा ०८० चैत १४ गते अभियोग पत्र दायर भइ वारेण्टसहित पक्राउ पुर्जी जारी भएपनि आरोपित ०८१ भदौ १८ गतेसम्म गिरफ्तार भएनन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ चैत २२ गते गरिएको थियो ।
भविन कार्की
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । असार १९ गते राती घर…
घाटमा पुर्याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो
दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ…
जिल्ला प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालयले विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी…
कैदीबन्दी भन्छन् - वर्षौँको चाहाना पुरा भयो !
गुल्मी कारागारमा पुस्तकालय स्थापना भएपछि कैदीबन्दी खुसी भएका छन् । इन्सेकसहितका सङ्घ संस्थाका अनुगमनमा कैदीबन्दीले प्रत्येक पटक पुस्तकालय र टिभीको माग गर्दै आएका थिए । कैदीबन्दीको वर्षौँदेखिको माग पुरा गर्न…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–३ का २३ वर्षीय रमेश चौधरी र २८ वर्षीय सुरेश चौधरीलाई ०८१ भदौ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…