बलात्कार घटनाको मुद्दा मुल्तबीमा

  ०८१ असार ३० गते

२९ वर्षीया महिलालाई बलात्कार गरेका फरार आरोपित गोडैता नगरपालिका-१ का ३५ वर्षीय रविन्द्र कुमार महतोविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८१ असार २६ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

आरोपित महतोविरुद्ध जिल्ला अदालतमा ०८० फागुन १४ गते दायर भएको मुद्दा न्यायाधीश विष्णु प्रसाद रेग्मीको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

पीडित महिलालाई आरोपितले ०८० पुस २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा माघ ३ गते उजुरी दिएकोमा प्रहरीले माघ ४ गते उजुरी दर्ता गरेको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ ५ गते जिल्ला अस्पताल मलंगवामा भएको थियो ।


बुधन साह