बलात्कार घटनाको मुद्दा मुल्तबीमा

  ०८१ वैशाख ४ गते

१७ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिलिचोङ गाउँपालिका-१ का २१ वर्षीय प्रेमचन्द्र राई भनिने चन्द्र राईविरूद्धको मुद्दा जिल्ला अदालतले वैशाख ३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश आन्नदराज पन्तको ०८१ वैशाख ३ गतेको इजलासले मुद्दालाई मुल्तवीमा राख्ने आदेश भएको अदालतका श्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो । पीडित बालिकालाई आरोपितले ०८० जेठ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितविरूद्ध जेठ ४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपनि आरोपित गिरफ्तार नभएपछि मुद्दा मुल्तवीमा राख्ने आदेश भएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० जेठ ५ गते गरिएको थियो ।


भविन कार्की