बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मलङ्गवा नपा–३ का ४४ वर्षीय रामइश्वर साह विरुद्ध चलेको मुद्दामा जिल्ला अदालतले असार ९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतमा ०७६ मङ्सिर ५ गते दायर भएको मुद्दामा न्यायाधीश विदुर कोइरालाको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।
पीडित महिलालाई आरोपित साहले ०७६ कात्तिक २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा कात्तिक २७ गते उजुरी दिएको थियो । जिल्ला प्रहरी कार्यालयले ०७६ कात्तिक २७ गते उजुरी दर्ता गरेको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०७६ कात्तिक २८ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो । आरोपित साह हालसम्म गिरफ्तारीमा नपरेको जिल्ला अदालतको श्रेस्तेदार अर्यालले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा जानकारी दिनु भएको छ ।
बुधन साह
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…