बलात्कार घटनाको मुद्दा मुल्तबीमा
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चक्रघट्टा गाउँपालिका–७ का ३१ वर्षीय सुजित सहनी विरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असोज १४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतमा ०८० असार २५ गते दायर भएको मुद्दा न्यायधिश कमलप्रसाद पोखरेलको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।
पीडित महिलालाई आरोपितले ०८० जेठ ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा असार १७ गते उजुरी दिनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले असार ११ गते उजुरी दर्ता गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असार ११ गते जिल्ला अस्पताल मलंगवामा भएको थियो ।
आरोपित सहनी हालसम्म गिरफ्तार नभएकोले मुद्दा मुल्तबीमा राख्ने फैसला भएको श्रेस्तेदार अधिकारीले जानकारी दिनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…