बलात्कार घटनाको मुद्दा मुल्तबीमा

  ०८० असोज ६ गते

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोडैता नगरपालिका–७ का २९ वर्षीय जितनारायण पासवान र सोही ठाउँका ३१ वर्षीय अवध पासवान विरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असोज ४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतमा ०७९ माघ २६ गते दायर भएको मुद्दामा जिल्ला न्यायाधिश श्री कमल प्रसाद पोखरेलको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

पीडित महिलालाई आरोपितले ०७९ मङ्सिर ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा पुस २९ गते उजुरी दिनु भएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीले माघ ९ गते उजुरी दर्ता गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण माघ ९ गते जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

आरोपित पासवान हालसम्म पक्राउ नपरेको जिल्ला अदालतका श्रेस्तेदार अधिकारीले जानकारी दिनु भयो ।


बुधन साह